
उदयपुर । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमण आशंका गरिएको छ । आशंका गरिएका आठै जनालाई पुनः परिक्षणका लागि दुई वटा एम्बुलेन्समा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको हो ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ को भुल्केस्थित मस्जिदमा १३ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेकाहरु ६९ जनाको गत ६ गते स्वाब संकलन गरी विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको थियो ।
कोशी अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका मध्ये ८ जनामा शंकास्पद नतिजा देखिएपछि धरानमा पुनः परीक्षण गर्न पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।
आशंका गरिएकामा कोरोना संक्रमण हो या होइन भन्ने धरानमा परीक्षण गरे पछि मात्र थाहा हुने प्रमुख सुवेदीको भनाइ छ ।
यसअघि संक्रमण पुष्टि भएका १३ जना विराटनगरको कोरोना अस्पतालमा उपचाररत छन्।
प्रतिक्रिया दिनुहोस