aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

साढे ६ लाख कोरोना संक्रमित निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
साढे ६ लाख कोरोना संक्रमित निको भए

काठमाडौं । कोरोनाको संक्रमणले मरिन्छ की भन्ने त्रासमा अहिले विश्वका सात अर्व भन्दा बढी मानिसहरू छन् । तर, यो भाइरसले संक्रमित हुने बित्तिकै मरिने होइन । धेरै जसो ८० वर्ष भन्दा बढी उमेर समूहका मानिसहरू यसका कारण मृत्युको मुखमा पुगेका छन् । 

अहिले कै तथ्याङ्क हेर्ने हो भने पनि देखिन्छ की कोरोना भाइरसबाट संक्रमित भएकामध्ये साढे ६ लाख भन्दा धेरै मानिस निको भएका छन् । हालसम्म भाइरसको औषधी पत्ता लागेको छैन तथापि निको हुने मानिसको सङ्ख्या यो रूपमा देखिनुको अर्थ हो, यो भाइरस अत्ति कडा भाइरस होइन । 

कोरोनाबारेको तथ्यांक राखिरहेको वल्डो मिटर डट इन्फोको अनुसार अहिलेसम्म एक लाख ७० हजार धेरैको यो भाइरसका कारण ज्यान गएको छ भने झण्डै २५ लाख मानिस यसबाट संक्रमित बनेका छन् । 

यसबाट मृत्यु हुनेमा या त बढी उमेर समूहका वा दिर्घरोगीहरु देखिएका छन् । विशेषगरि मुटु सम्बन्धी रोग भएका मानिसहरुमा यसको बढी जोखिम देखिएको छ भने मधुमेह भएका, श्वासप्रश्वास सम्बन्धी समस्या भएका, उच्च रक्तचाप र क्यान्सरका पीडितहरू यसको कारण मृत्युको मुखमा पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस