aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

उदयपुर । उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उदयपुरका ३३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । 

प्रवक्ता देवकोटाका अनुसार उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ स्थित भुल्केबाट ल्याइएको स्वाब परीक्षणका क्रममा उनको कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । ३३ वर्षीय पुरुष उदयपुरको त्रियुगा नगरपालिका भुल्कुस्थित मस्जिदमा संक्रमित १३ जनासँग सम्पर्कमा आएका व्यक्ति हुन् । 

उदयपुरबाट ल्याइएको अझै कतिपय स्वाब परीक्षणको क्रममा रहेको उनले भनाइ छ । 

उदयपुरमा मात्रै कोरोना संक्रमितको संख्या १४ पुगेको छ भने सोहि ठाउँका ८ जनाको कोरोना आशंकामा पुनः परिक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

हाल सम्म नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ भने ४ जना निको भएर घर फर्कि सकेका छन् ।  

प्रतिक्रिया दिनुहोस