
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । जसमा चारजना निको भएर घर फर्किएका छन्। अहिले विभिन्न अस्पतालमा २७ जना बिरामीको उपचार भइरहेको छ।
अहिलेसम्म टेकु अस्पतालबाट दुईजना, बागलुङस्थित धौलागिरि अस्पतालबाट एक जना र कैलालीस्थित सेती अस्पतालबाट एक जना गरि जम्मा ४ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।
२७ जना संक्रमित मध्ये अहिले टेकु अस्पतालमा एकजना, पर्सास्थित नारायणी क्षेत्रीय अस्पतालमा ४ जना, बागलुङको धौलागिरि अस्पतालमा अस्पतालमा १ जना, सेती अस्पतालमा चारजना, विराटनगरस्थित कोरोना अस्पतालमा १३ जना र चितवनस्थित कोरोना अस्पतालमा दुई जना उपचाररत छन् ।
प्रतिक्रिया दिनुहोस