
उदयपुर । उदयपुरमा कोरोना भाइरस सङ्क्रमितको संख्या लगातार बढिरहेको छ । एकै दिन नयाँ ११ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै उदयपुरमा मात्रै संक्रमितको संख्या २४ पुगेको छ।
आज मात्रै उदयपुरमा ११ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जिल्लाको त्रियुगा नगरपालिका ३ भुल्केको मस्जिदमा रहेका ११ जना भारतिय र २ जना नेपाली नागरिकमा यसअघि नै कोरोना भाइरस सङ्क्रमण देखिएको थियो। योसँगै नेपालमा संक्रमितको सङ्ख्या ४२ पुगेको छ।
प्रतिक्रिया दिनुहोस