aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कैलालीका कोरोना संक्रमित ३४ वर्षीय युवक निको भएर घर फर्किए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
कैलालीका कोरोना संक्रमित ३४ वर्षीय युवक निको भएर घर फर्किए

कैलाली । सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस संक्रमणको उपचार पछि एक युवक निको भएर घर फर्किएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षका युवक अस्पताल भर्ना भएको २८ दिनमा निको भएर घर फर्किएका हुन् ।

लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनलाई अस्पतालले आज डिस्चार्ज गरेको हो ।

दुबईबाट दिल्ली हुँदै चैत ७ गते काठमाडौं पुगेका ती युवक त्यहाँबाट ८ गते बुद्ध एयरको जहाजबाट नेपालगञ्ज पुगेका थिए । सोही दिन नेपालगञ्जबाट सार्वजनिक यातायात चढेर धनगढी पुगेका शाही तीन दिनपछि चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका उनमा चैत १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस