aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

लकडाउन उल्लघंन गर्ने ३६५ जना नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
लकडाउन उल्लघंन गर्ने ३६५ जना नियन्त्रणमा

काठमाण्डौ ।  काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ७७ महिला सहित  ३ सय ६५  जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि बेलुका १८:०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी  २ सय ६२ वटा दुई पाङ्ग्रे र २९ वटा चारपाङग्रे गरी २ सय ९१ वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।
          
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।  
लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उनले आग्रह गरे । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा ७० जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस