aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अतिआवश्यक सामग्री कति छ : सर्वोच्च

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
अतिआवश्यक सामग्री कति छ : सर्वोच्च

काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउनको अवस्थामा अतिआवश्यक वस्तुको आपूर्तिको व्यवस्थापनका विषयमा सर्वोच्च अदालतले लिखिल जवाफ माग्ने आदेश जारी गरेको छ ।

न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलाशले आज औषधि, पानी, खाद्यान्न सामग्रीको आपूर्ति व्यवस्थापनका विषयमा लिखित जवाफ माग गरेको हो । अधिवक्ता शैलेन्द्रप्रसाद हरिचनलगायतले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा  लकडाउनका बेलामा अतिआवश्यक सामग्री र जनताप्रति मानवीय व्यवहार गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका थिए  । 

अदालतले यसअघिका अन्य आदेशका विषयमा यही वैशाख ११ गते महान्यायाधीवक्ता नै अदालतमा उपस्थित हुने भएकाले उक्त दिन छलफलका लागि दुवै पक्षलाई बोलाउने तय भएको छ । 

प्रतिक्रिया दिनुहोस