aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोनाका कारण एकै दिन ७ हजार बढिले ज्यान गुमाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० बैशाख २०७७
कोरोनाका कारण एकै दिन ७ हजार बढिले ज्यान गुमाए

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ हजारभन्दा धेरैको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणले ७ हजार २२ जनाको ज्यान गएको छ । 

७ हजार २२ जनामा सबैभन्दा धेरै अमेरिकी नागरिक छन् । अमेरिकामा मात्रै २ हजार ७८२ जनाको ज्यान गएको छ । यस्तै पछिल्लो २४ घण्टामा बेलायतमा ८२८, इटलीमा ५३४, फ्रान्समा ५३१, स्पेनमा ४३० तथा जर्मनीमा २२४ को ज्यान गएको छ । 

अहिलेसम्म विश्वभर कोरोनाका कारण १ लाख ७७ हजार ४१९ जनाको ज्यान गइसकेको छ भने साढे २५ लाख भन्दा धेरै संक्रमित रहेका छन् । 

प्रतिक्रिया दिनुहोस