aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोना भाइरस जनावरबाटै मानिसमा सरेको हो, अरू शंका गर्नुपर्दैनः डब्ल्यूएचओ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० बैशाख २०७७
कोरोना भाइरस जनावरबाटै मानिसमा सरेको हो, अरू शंका गर्नुपर्दैनः डब्ल्यूएचओ

कोरोना भाइरस कृत्रिम नभएको अथवा प्रयोगशालामा नबनाइएको विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दाबी गरेको छ । यो भाइरस सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट जनावरमा भएको र त्यसपछि मानिसमा सरेको डब्लूएचओले दाबी गरेको हो ।

यसको उत्पादन प्रयोगशालामा भएको वा जानेरै विस्तार गरिएको भन्‍ने तर्कहरुमा कुनै सत्यता नरहेको डब्लूएचओको दाबी छ । 

विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता फडेला चैबले जनावरबाट मानिसमा कोरोना सङ्क्रमण सरेको भए पनि अहिलेसम्म कसरी सरेको हो भन्ने बारेमा स्पष्ट हुन नसकेको बताएका छन् । गएको हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको वुहानको एउटा प्रयोगशालामा बनेको दाबी गरेका थिए । 

चार महिनाअघि वुहानमा पहिलो पटक कोरोनाको सङ्क्रमण भेटिएको थियो । तर कोरोना भाइरस प्रयोगशालामा बनाइएको भन्ने कुराको आधार कतै पनि नभएको प्रवक्ता चैबको भनाइ छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस