
एजेन्सी । कोरोनाले भाइरस महामारीको विनाश विश्वभरी जारी छ । अमेरिका र चीनले यस घातक भाइरसको बारेलाई लिएर एक अर्कालाई लक्षित गर्दै आरोप प्रत्यारोप गरिरहेका छन्। को सही र को गलत यो भन्ने निर्धारण गर्न गाह्रो छ । किनकि इतिहास साक्षी छ कि न त चीन सभ्य छ न अमेरिका नै दुधको छ । दुबै आफ्नो काम बनाउनका लागि कुनै पनि हदसम्म जान सक्दछन् । तर, पनि यो महत्वपूर्ण छ कोरोनाको विनास कहासम्म पग्छ ? यो प्रश्न स्वाभाविक छ कि यो भाइरस कसरी मानिसमा पुग्यो ? चमेराबाट वा चीनको वुहान ल्याबमा इन्टर्नर गर्नेको गल्तीबाट ?
फ्रान्सका नोबेल पुरस्कार विजेता डा. ल्यूक मोन्टगेनियरको भनाई आस्चर्य पर्ने खालको छ । यो उनको निजी विचार हो । तर, भाइरससँग सम्बन्धी वैज्ञानिकहरूको कुरा सुन्नु महत्त्वपूर्ण पनि छ । उनी चिकित्सक क्षेत्रमा पनि भाइरस अनुन्धानमा नै नोबेल पुरस्कारबाट सम्मानित व्यक्ति हुन । उनको अनुभवको आधारमा कोविड १९ को जिनमा एचआईभीका तत्वहरू फेला परेको उनको दावी छ । त्यसमा केही मलेरिया भइरसका तत्वहरू पनि फेला परेका छन् । उनले दावी गरेका छन, कोरोना भाइरस एक प्रयोगशालामा जन्म भएको भनेर प्रमाणित गर्दछ र यो एक मानवद्वारा बनाईएको भाइरस हो ।
फ्रान्सको सीन्युज च्यानललाई दिए अन्तर्वार्तामा एचआईभी अनुसन्धानकर्ता र फ्रान्सेली वैज्ञानिक डा. ल्यूक मोन्टगेनियरले भनेका छन, यो संक्रामक र घातक भाइरस एड्स रोग फैलाउने एचआईभी भाइरस खोप लागि तयार पारिएको हो । त्यसकारण कोरोना भाइरसको जिनमा एचआईभी र मलेरियाको केही तत्वहरू समावेश हुने आशंका गरिएको छ । सार्स कोभ-१ को भाइरसमा हेरफेर गरिएको यो भाइरस हो । जुन आकस्मिक रूपमा वुहानको प्रयोगशालाबाट बाहिर आएको उनको दावी छ ।
चीनको वुहान ल्याबमा चिनियाँ वैज्ञानिकहरूले एड्सको खोप बनाउन कोरोना भाइरसको प्रयोग गरिरहेका थिए । यसैले प्रारम्भिक अनुसन्धानमा एचआईभी आरएनए टुक्रा सार्स-कोभ-२ जिनमा फेला पर्यो । यद्यपि यो प्रमाणित भने भइसेको छैन । यी दावीहरूलाई पूर्ण रूपमा अस्वीकार गर्न नसकिने उनले बताए । किनभने यो दावी भाइरसमा अनुसन्धान गर्ने एक वरिष्ठ वैज्ञानिकको हुन । डा. ल्यूकको विश्वास छ कि वुहान इन्स्टिच्युट अफ भाइरोजीमा त्यस्ता भाइरसहरू बनाउने विशेषज्ञ भएको उनको दावी छ । सन् २००० पछि त्यस्ता भाइरसहरूको बारेमा अनुसन्धान भइरहेको छ ।
भन्ने गरिएको छ, हुबेई मध्य चीनमा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलिजले १५०० भन्दाबढी भाइरस स्टेन्सको भण्डार गरेको दावी छ। २०१८ मा अमेरिकी कूटनीतिज्ञहरूले पनि आशंका व्यक्त गरे थिए, वुहान ल्याबमा चमेरामा पाइने भाइरसमा काम भइरहेको छ । त्यहाँबाट नयाँ प्रकारको सार्स महामारीको फैलिने जोखिम छ । यद्यपि चिनियाँ सरकार र वुहान ल्याबले उनीहरूले लगाएको सबै आरोपलाई आधारहिन भनिरहेका छन । तर, अब यसलाई आधारका रूपमा अमेरिकाले सत्य पत्ता लगाउन प्रयास गरिरहेको बताइरहेको छ ।
यद्यपि चीनले प्रयोगशालामा नोबल कोरोना भाइरस बनाउने सबै आरोपहरू अस्वीकार गर्दै भन्यो, घातक भाइरसको बारेमा अनुसन्धान जरुरी रहेको बताउदै भनेको छ, वुहान इन्स्टिच्युट अफ भाइरोलजीको पी ४ ल्याबमा घातक भाइरसको अनुसन्धान भइरहेको छ । अहिले चलाइरहेको यो भ्रम कोविड १९ यस प्रयोगशालामा उत्पादन भएको आरोप सत्य होइन । चीनका अनुसार वुहान प्रयोगशालामा काम गर्ने नियम र कानून धेरै कडा छन् र भाइरस यहाँबाट बाहिर ल्याउन असम्भव छ ।
प्रतिक्रिया दिनुहोस