
काठमाडौं । कोरोना आशंकामा टेकुस्थिति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएका दुई जना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । र्यापिड टेष्टमा दुइ पटकसम्म कोरोना पोजेटिभ देखिएका ती नर्सको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ आएको हो ।
बुधबार नै स्वाब संकलन गरी पीसीआर बाट गरिएको परीक्षणको रिपोर्ट बुधबार बिहान आएको र नेगेभटभ आएकोले दुवैजनालाई डिस्चार्ज गर्ने तयारी गरिएको टेकु अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस