
काठमाडौं । नेपालमा कोरोना संक्रमति धमाधम निको हुँदै घर फर्किरहेका छन् । तेस्रो कोरोना संक्रमित धादिङका युवक पनि निको भएका छन् । उनी संगै नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या ६ पुगेको छ ।
उनको लगातार गरिएको तेस्रो र चौथो रिपोर्टमा नेगेटिभ आए पछि टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आज डिस्चार्ज गर्ने भएको छ ।
संक्रमित धादिङ घर भएका ती युवक मार्च १९ तारिख (चैत ६) गते एयर अरेबियाको उडान नम्बर जी ९५३७ बाट राति १० बजेर ९ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । उनको स्वास्थ्यमा समस्या अए पछि स्वास्थ्य जाँच गर्ने क्रममा चैत ११ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस