aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० बैशाख २०७७
थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो

उदयपुर । उदयपुरका थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले ३ जना पुरुषमा कोरोना पुष्टि भएको जनाएका हुन् । 

बिपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा पीसीआर परिक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । संक्रमित २४, ६० र ७२ वर्षिया तीनै जना पुरुषलाई विराटनगरको कोरोना विशेष अस्पताल लैजाने तयारी भइरहेको प्रवक्ता देवकोटाको भनाइ छ ।  

योसँगै नेपालभर ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७ जना निको भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस