aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अटो चालक नै कोरोना संक्रमित भएपछि उदयपुरमा थपियो चिन्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० बैशाख २०७७
अटो चालक नै कोरोना संक्रमित भएपछि उदयपुरमा थपियो चिन्ता

उदयपुर । उदयपुरमा कोरोना भाइरस संक्रमितको संख्या लगातार बढिरहेको छ । आज थप तीन जना संक्रमित पुष्टि भएसंगै उदयपुरमा मात्रै संक्रमितको संख्या २७ पुगेको छ।

संक्रमित मध्ये एक जना अटो चालक पनि रहेका छन् । सिटी सफारी तथा अटो व्यवसायी संघका अनुसार उनी विदेशबाट आएर अटो चलाउँदै आएका थिए । ती चालकसहित उनका परिवार ५ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

संक्रमित अटो चालक सहित उनका १८ वर्षिय छोरा, ४१ वर्षिय ज्वाई, १८ वर्षिय नाती र ३६ वर्षिय बहिनी पनि संक्रमित भएका छन् ।

संक्रमित चालकले भुल्के, मोतिगडा, गाईघाट, सोनुवा, मोथियाही लगायतका ठाउँमा अटो चलाउदै आएका थिए । 

अटो चालकलाई कोरोना पुष्टि भएपछि उदयपुरमा थप चिन्ता बढेको छ । अटोमा चढ्ने स्थानीयसंगै उनी संग सम्पर्कमा आएका अन्य व्यक्ति तथा अटो चालकहरु चिन्तित बनेका छन् । 

प्रतिक्रिया दिनुहोस