
एजेन्सी । कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपालमा लकडाउन गरेको आज एक महिना भएको छ भने भारतमा दुई चरणमा ४० दिनको लकडाउन रहेको तय गरिएको छ।
विश्वभरीकामानिसहरू चाँडोभन्दा चाँडो देशमा लकडाउन समाप्त भएको हेर्न चाहिरेका छन् । तर, विश्वको प्रमुख मेडिकल पत्रिका लान्सेटको सम्पादक(इन(चीफ। रिचार्ड होर्टनले भने लकडाउन चाडो समाप्त गर्न नहुने विचार राख्दै भनेका छन, विश्वभरीमा लकडाउन हटाउन हतार गर्नुहुँदैन, लकडाउन कम्तिमा १० हप्तासम्म गर्नुपर्छ ।
हाल नेपाल र भारतमा बन्दाबन्दीको दोस्रो चरण भइरहेको छ , जुन नेपालमा बैशाख १५ गते र भारतमा मे ३ तरिकमा अन्त्य हुदैछ । धेरै मानिसहरुले अब लकडाउन थप हुदै वा लकडाउनको स्वरुप परिवर्तन हुन्छ ।
यद्यपि, इंडिया टुडे टिभीसँगको विशेष कुराकानीमा रिचार्ड होर्टनले भने, भारतले लकडाउन हटाउन हतार गर्नुहुँदैन र कम्तिमा १० हप्ता लकडाउन विचार गर्नुपर्छ।
चीनको उदाहरण उद्धृत गर्दै, रिचार्ड होर्टनले भने, कसरी १० हप्ताको आक्रामक बन्दाबन्दीले चीनमा वुहानमा (जहाँ कोरोनो भाइरस उत्पन्न भएको थियो) रोग सार्न रोकिदियो ।
प्रतिक्रिया दिनुहोस