
काठमाडौं । महामारीको रुपमा फेलिएको कोरोना भाइरसका कारण हालसम्म अमेरिकामा मात्रै ४७ हजार भन्दा बढिको मृत्यु भएको छ । आज विहानसम्म अमेरिकामा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७ हजार ६ सय ५९ पुगेको छ ।
यो कोरोना संक्रमण फैलिएका देशमा ज्यान गुमाउनेको संख्या सबैभन्दा धेरै हो । गत २४ घण्टामा मात्रै अमेरिकामा २ हजार ३०० भन्दा बढिको मृत्यु भएको हो ।
अमेरिकामा मात्रै आजसम्म ८ लाख ४८ हजार ७१७ जनामा कोरोनाको संक्रमण देखिसकेको छ । जसमध्ये साढे ४७ हजारको मृत्यु भइसकेको छ भने ७ लाख १७ हजार अझै पनि संक्रमित छन् । यसमध्ये १४ हजारको अवस्था गम्भीर रहेको छ ।
प्रतिक्रिया दिनुहोस