aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

अर्बौ डलर लगानी गरेको फेसबुकले भारतमा के के गर्दै छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ बैशाख २०७७
अर्बौ डलर लगानी गरेको फेसबुकले भारतमा के के गर्दै छ ?

एजेन्सी । सामाजिक सञ्जाल कम्पनी फेसबुकले भारतको टेलिकम कम्पनी रिलायन्स जियोमा अहिलेसम्मकै ठूलो विदेशी लगानी सम्बन्धी बुधवार सम्झौता भएको छ ।  दुई ठूला कम्पनीहरू बीच सम्झौता ५ अर्ब ७१ करोड ५७ लाख १० हजार डलरभन्दा बढी  लगानीमा रिलायन्स ग्रुप कम्पनी जियो प्लेटफार्मको ९.९९ प्रतिशत शेयर किन्ने छ । 

कोरोना भाइरसको प्रकोपले सम्पूर्ण विश्वको अर्थतन्त्र तहसनहस भएको छ। आखिर, यस पछाडि रिलायन्सको बाध्यता के हुन सक्छ? वास्तवमा, रिलायन्सले जियोलाई अलग बनाउन २०१० देखि लगभग ४ लाख करोड भारुको लगानी गरेको छ । सम्झौताले रिलायन्सका अध्यक्ष मुकेश अंबानीलाई आफ्नो कम्पनी पूर्ण रूपमा ऋण मुक्त बनाउन मद्दत पुर्याउने बताइएको छ । 

यस सम्झौताको माध्यमबाट, जहाँ फेसबुकले भारतमा पहिलो पटक ठूलो कम्पनीमा लगानी गरेको छ ।  जिओले फेसबुक र व्हाट्सएपको सहयोगमा देशका करिब ६ करोड साना पसलहरू प्रवेश गर्न सक्नेछ । 

१. फेसबुकले जियो प्लेटफार्मको ९.९९ प्रतिशत शेयर लगभग ६.२२ अर्ब डलरमा किन्ने घोषणा गरसँगै जियो प्लेटफार्मको मूल्यांकन ४.२२ लाख      करोड भारु भएको छ।
२. यो भारतको कम्पनीमा अल्पसंख्यक स्वामित्वको लागि सबैभन्दा ठूलो प्रत्यक्ष प्रत्यक्ष लगानी (एफडीआई) हो।
३. यसको साथ रिलायन्सको जियोमार्ट परियोजना अगाडि बढाउन सकिन्छ ।  यो साना पसलहरूलाई जोड्ने परियोजना बनेको छ। योजनाका        अनुसार पसल र र ग्राहकहरू व्हाट्सएप मार्फत जोडिने छन ।
४. भारतमा फेसबुकको प्रवेश अझ बढ्ने छ ।  पछिल्ला पाँच वर्षमा भारतमा इन्टरनेटको पहँच ५६ करोड मानिसमा पुगेको छ र जियोको               नेटवर्कमा ३८.८  करोड उपभोक्ता छन् । 
५. रिलायन्सले आफ्ना सबै विवरण ठीक गर्नको लागि हरेक व्यवसायमा नयाँ लगानीकर्ताहरू खोज्दैछ । उसले मार्च २०२१ सम्ममा सम्पूर्ण            ऋणामुक्त हुने घोषणा गरेको छ । 
६. यस सम्झौताको साथ फेसबुकको टेक्नोलोजी विशेषज्ञताबाट रिलायन्सले फाइदा लिन सक्छ।
७. भारतमा व्हाट्सएपका ४०  करोडभन्दा बढी प्रयोगकर्ताहरू छन्। व्हाट्सएपले पनि भारतमा भुक्तान प्रणाली शुरु गर्न तयारी गरिरहेको छ ।      त्यसोभएमा अब रिलायन्स जस्तो स्थानीय साझेदार पाउँदा उसलाई  नियामक निकायहरुसँगको मुद्दामा समाधान गर्न सजिलो हुन्छ । 
८. जियो र फेसबुकले अब डिजिटल इण्डिया अभियानको भारपुर फाइदा लिन सक्ने छन । कोरोना संक्रमणपछि डिजिटल प्रविधि धेरै प्रयोग          हुने निश्चित छ ।
९. भारत विश्वका तीन फेसबुक प्लेटफार्म व्हाट्सएप, फेसबुक र इन्स्टाग्रामको सबभन्दा ठूलो ग्राहकको आधार बनेको छ । त्यसकारण                  फेसबुकले भारतमा आफ्नो प्लेटफर्ममा निरन्तर लगानी बढाइरहेको छ र अब यसले अन्य कम्पनीमा पनि लगानी गर्नेछ ।
१०. फेसबुकले यसभन्दा पहिले भारतको सामाजिक इकमर्श कम्पनी मीशो र अनलाइन शिक्षा स्टार्टअप अनकाडेमीमा सानो थोरै हिस्सेदा               बनेको   थियो ।
 

प्रतिक्रिया दिनुहोस