aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सनसिटीका कोरोना संक्रमित आमा छोरा निको भए, निको हुनेको संख्या ९ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ बैशाख २०७७
सनसिटीका कोरोना संक्रमित आमा छोरा निको भए, निको हुनेको संख्या ९ पुग्यो

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका कोरोना संक्रमितहरु आमा छोरा निको भएर घर फर्किएका छन् ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले संक्रमित ८२ बर्षिया आमा र ५८ बर्षिय छोरा निको भएसंगै आज पाटन अस्पतालबाट घर फर्किएको जनाएका हुन् । 

उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो । 

यो संगै नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या ९ पुगेको छ भने संक्रमितको संख्या ४७ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस