aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

‘जोखिम हेरेर मात्र लकडाउनबारे निर्णय गर्छौं’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ बैशाख २०७७
‘जोखिम हेरेर मात्र लकडाउनबारे निर्णय गर्छौं’

काठमाडौं । सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको जोखिम हेरेर मात्र लकडाउन खुला गर्ने नगर्ने विषयमा  निर्णय गर्ने बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना भएको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले जोखिमको अवस्था नहेरी एकपक्षीय ढंगले निर्णय नगर्ने बताएका हुन् । 

नागरिकहरुमा कोरोनाप्रति चेतनाको विकासले पनि प्रभाव पार्ने भन्दै उनले जोखिममुक्त छौँ भन्ने भएपछि मात्रै लकडाउन खोल्ने निर्णय हुने बताए ।

खतिवडाले असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुलाई काममा आवद्ध गर्न आधारभूत उद्योग, विकास निर्माणका काम र केही सेवा क्षेत्र खुला गर्ने तयारी भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस