
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने २ सय ८४ महिला सहित १३ सय ६१ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि बेलुका १८स्०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी ५ सय ७ वटा दुई पाङ्ग्रे र ४१ वटा चारपाङग्रे गरी ५ सय ४८ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौमा सबै भन्दा बढी ११ सय ४१, ललितपुरमा १ सय ४ र भक्तपुरमा १ सय १६ जनालाई नियन्त्रणमा लिएको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उहाँले आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस