aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

स्कटल्याण्डमा कोरोना संक्रमित ३ हप्ताकी शिशु निको भइन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ बैशाख २०७७
स्कटल्याण्डमा कोरोना संक्रमित ३ हप्ताकी शिशु निको भइन्

स्कटल्याण्ड । स्कटल्याण्डमा कोरोना भाइरसको सङ्क्रमण भएकी तीन हप्ताकी शिशु निको भएकी छिन् । गएको चैत १३ गते आठ महिनामै जन्मिएकी शिशु कोरोना सङ्क्रमण हुने स्कटल्याण्डको सबैभन्दा कान्छी सङ्क्रमित भएकी बीबीसीले जनाएको छ । उनी कोरोना जितेर घर फर्किएपछि परिवारका सदस्यले उपचारमा संलग्न डाक्टर तथा नर्सलाई धन्यवाद दिएका छन् ।

डाक्टरहरुले कोरोना भाइरस परीक्षणको लागि आफ्नी तीन महिनाकी शिशुको नाकमा स्वाब राखेको घटनालाई स्कटल्याण्डकी ट्रेसी मेग्वायर अझै सम्झिन्छिन् । यो दृश्य देख्नु आफ्नो लागि नकै कष्टपूर्ण रहेको उनले बताइन् । 

‘मैले पहिलो पटक आफ्नो बच्चाको आँखामा आँसु देखेँ । मैले उसलाई समाएको थिएँ । त्यो अवस्थामा हामी एक अर्कालाई साथ दिइरहेका थियौँ,’ उनले भनिन् ।

समयभन्दा अघि नै जन्मिएकी ती शिशुको तौल मात्र डेढ किलो थियो । उनी जन्मेको तीन हप्तामै कोरोना सङ्क्रमित भएकी थिइन् । एजेन्सी 

प्रतिक्रिया दिनुहोस