
यो सत्य हो कि कोरोना भाइरस चीनको वुहानबाट शुरु भएको हो र यसले सारा विश्वमा त्रासदी निम्त्याइरहेको छ । तर, शुरुदेखि नै चीनले सहि सूचना सार्वजनिक नगरेका कारण विश्व भरी महामारी फैलिएको आरोप लागेको छ । अहिले चीनका कारणले गर्दा नै विश्व संकटमा रहेको आरोप विश्वभरीबाट लगाइरहेको चीनको वुहान शहरमा लकडाउन हुँदा एक जना महिलाले लेखेको डायरी बाहिर आएको छ ।
वास्तवमा, कोरोना चीनको वुहानमा फैलिएको बेला, फैंग फैंग नाम गरेकी एउटी महिलाले डायरीमा वुहानको सबै सत्यहरू लेखेर हरेक दिन डायरी लेख्छिन । उनले मृत्यु, शोक र यातनाको कथा लेखेकी थिइन । शुरुमा चीनका मानिसहरु उनीहरुको यो काम देखेर सबै जना फ्यान भएका थिए, तर जब उनीहरुलाई थाहा भयो कि यो सम्पूर्ण कथा जर्मनी र अंग्रेजीमा आएपछि उनीहरूले यस नायिकालाई खलनायिका बनाए उनलाई मार्ने धम्की आउन थाले ।
पुरस्कार विजेता लेखिका फैंग फैंगलाई अब ज्यान मार्ने धम्की चीनबाटै आउन थालेको छ । लेखिकाको गल्ती भनेको चीनमा भएको घटनालाई सत्य बाहिर ल्याइन । उनले यस चीनको वुहान भाइरसको बारेमा लेखेर, विश्वमा विनाश निम्त्याइरहेको कोरोनाको बारेमा ७६ दिनको चीनको बुहान लकडाउनमा डायरी लेखेकी हुन ।
फैंग फैंगले त्यस समयमा वुहानको अवस्था, चिनियाँ अधिकारीले गरेको व्यवहार, अस्पतालमा बिरामीहरूको दुर्दशा, दाहसंस्कार मैदान र मसानघाटमा मृतकका आफ्न्तको शोकका बारेमा लेखेकी थिएन । यतिमात्र होईन, महिलाले यो सबै लेखलाई उनले अनलाईनमा राखिन । यसपछि चीनतमा यो डर फैलियो र चीन उनको पछाडि लाग्यो ।
वास्तवमा, फैंग फैंकको यो वुहान डायरी जर्मन र अंग्रेजीमा अनुवाद गरियो । फैंगले डायरीको अनलाइन संस्करणमा कुल ६४ वटा पोष्टहरू राखेकी थिइन । उनले जे लेखेकी थिइन,त्यो एक राम्रो रिपोर्ट जस्तो थियो, उनले जे सुनेको र देखेको थिइन, त्यो आफ्नाृ डाइरीमा लेखेकी छिन । जब विश्वले कोरोनालाई राम्ररी थाहा नै पाएको थिएन त्यसबेला उनले विश्वलाई डाक्टरहरूको सल्लाह मार्फत विश्वलाई यो रोग संक्रामकको बारेमा जानकारी दिइन । उसको सफाई संसारको मुटुमा पुग्यो र धेरै मानिसहरू फैंग फैंगको लेखनको प्रशंसक बने ।
उनको डायरीका केहि पृष्ठहरूमा, फेबु्रअरी १३ मा फैंगले मसानघाटको तस्वीर राख्दै लेखेकी छिन, ’मेरो यो तस्विर मेरो डाक्टर साथीले पठाएको हो। मोबाइल फोनहरू यहाँ सबै फ्लोरमा छरिएका छन्। यी मोबाइलका धनी पक्कै कोहि न होहि हुनुपर्छ ।
चिनियाँ सरकारले मृत्युको संख्या लुकाइरहेको बेला, फैंगले मोबाइल र र्याघाटमा छरिएका लास र छरिएर रहेका विगे्रका मोबाइलबाट सजिलै थाहापाउन सक्थ्यिो कि मानिसको मृत्यु कुन रप्mतारमा भइरहेको छ ।
१७ फेब्रुअरीको पृष्ठमा, उनीले, त्यहाको अस्पतालहरूले केही दिनको लागि मृत्यु प्रमाण पत्र वितरण गर्ने क्रम जारी राखेको र धेरै शवहरू शवबहानहरु अस्पतालमा घरी घरी चक्कर लाइरहेका हुन्छन ।
फैंगको उद्देश्य मृत्युको गाथा लेख्नु मात्र थिएन। उनले अस्पतालहरूको दुर्दशाको बारेमा पनि लेखेकी थिइन । अस्पतालहरूमा कुनै ठाउँ छैन, डाक्टरहरूले बिरामीहरूलाई देख्न सक्दैनन, कोही कसैको चिन्ता गर्दैनन्। उनले यो सबै लेखेकी छिन् ।
फैंगले लेखे जस्तै त्यस्तै भयो। पश्चिमी देशका स्याटलाइनले वुहानमा महामारी बढेको बताएका थिए, त्यतिबेला धेरै लाशहरू जलाइए कि स्याटलाइनले माथिबाट हवामा सल्फरको मात्रा अनुमान गर्दै मृत्युको संख्या देखाइरहेका थिए । पश्चिमी देशहरूमा यस बारे धेरै लेखिएको छ । तर, चीनको रेकर्ड बुकमा मर्नेहरूको सख्या ३५०० जति थियो। यी तथ्यांकहरू चीनले पछिल्लो हप्ता थोरै संशोधित गर्यो।
वुहान डायरी लेखका फैंगले आफ्नो आँखाले देखेको कुरा संसारलाई बताइन। उनले मृत्युको पत्यक्ष कथा सुनाइन । चीनको कार्यनीति बुझाइन ।
चीन लेखिकाको जीवनको शत्रु भएको छ तर, उनी आफ्नो कलममा अडिग रहिरहिन । यस कारण चीनको सत्यता बाहिर आउँदैछ, जुन अहिलेसम्म विश्वले भनेको थियो। समग्रमा, चीनले यति धेरै वकालत गर्न सक्छ, तर वुहान डायरीको लेखकीको हिम्मतले वास्तविक अनुहार पर्दाफास भयो।
वुहानमा, जहाँ कोरोनाको पहिलो बिरामी डिसेम्बर १ मा नै देखापरेको उनको डायरीमा उल्लेख छ, त्यहाँ जनवरीसम्म आरामदायक अन्तर्राष्ट्रिय उडानहरू जारी थिए । परिणाम कोरोना चीनबाट संसारमा फैलियो । योवुहान औद्योगिक शहरको अबस्था नाजुक भएपछि बल्ला जनवारी २३मा लकडाउनको घोषणा गरेको थियो ।
कोरोना वुहानको भाइरोलजी ल्याबबाट जन्मिएको आरोप लगाइएको छ। चीनले भनिरहेको छ, यो भाइरस चमेरोबाट मानिसमा पुगेको छ र छिटो फैलियो । १८ बर्ष पहिले, चीन सार्स फैलाएको आरोप लगाएको थियो। अब कोरोना भाइरस फैलाएको आरोप लागेको छ । प्रयोगशालाका एक वरिष्ठ अनुसन्धानकर्तामाथि आरोप लगाइएको छ । जसलाई अमेरिकाले ब्याड वुमन नाम दियो ।
वास्तवमा वुहान चीनको सबैभन्दा ठूलो औद्योगिक केन्द्र हो। यसको कारणले विश्वका धेरै देशहरूबाट मानिसहरू वुहानमा व्यापारको सम्बन्धमा जोडिन्छन् । करिब २० करोड मानिसहरू वार्षिक वुहानको अन्तर्राष्ट्रिय एयरपोर्टमा पुग्छन । यहाँबाट, लण्डन, पेरिस, दुबई सहित विश्वका सबै प्रमुख शहरहरूमा सिधा उडान सेवाहरू छन्। विश्वका ५०० ठूला कम्पनीहरुमध्ये २३० कम्पनीले वुहानमा लगानी गरेका छन् ।
अमेरिकामा ३७ हजारको मृत्युपछि ट्रम्पले गरे यस्तो दाबी
प्रतिक्रिया दिनुहोस