aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

यसकारण चीनले कोरोना उत्पत्तिबारे अनुसन्धान गर्न दिएन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ बैशाख २०७७
यसकारण चीनले कोरोना उत्पत्तिबारे अनुसन्धान गर्न दिएन्

चीन । कोरोना भाइरसको उत्पत्तिबारे स्वतन्त्र अनुसन्धानको मागलाई चीनले अस्वीकार गरेको छ। यो माग राजनीतिक पूर्वाग्रहले प्रेरित रहेको भन्दै चीनले अस्वीकार गरेको हो। 

बेलायतका चिनियाँ शीर्ष कूटनीतिज्ञ चेन वेनले बीबीसँग भनेका छन्, ‘यो माग राजनीतिक पूर्वाग्रहले प्रेरित र कोरोना भाइरसविरुद्ध चीनको लडाइँ कमजोर पार्ने षड्यन्त्र हो।’

कोरोना भाइरसबारे सुरुमै जानकारी नदिएर विश्वलाई धोका दिएको आरोप चीनलाई लागिरहेको छ। गत डिसेम्बर अन्तिम साता चीनको उहान सरहको एक पुशपक्षी बजारबाट कोरोना भाइरस उत्पन्न भएको बताइन्छ।

युरोपेली संघको रिपोर्टले पनि यो चीनले कोरोना भाइरससम्बन्धी सही जानकारी दिन नचाहने आरोप लगाएको छ। यस्तै आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको निरन्तर आलोचना गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस