
अमेरिका । कोरोना भाइरसका कारण अमेरिकाको न्यूयोर्कमा पाँच महिनाकी बालिकाको मृत्यु भएको छ । न्यूयोर्कका अग्नि नियन्त्रक खेरेल ला सान्ता र शिक्षा बोर्डकी कर्मचारी लिन्ड्से ला सान्ताकी छोरीको एक महिना लामो उपचारका क्रममा मृत्यु भएको हो ।
ति बालिका पहिलेदेखि नै मुटु सम्बन्धी समस्या झेल्दै आएकी थिइन । उनी अमेरिकामा कोरोना संक्रमणवाट मृत्यु हुने कम उमेर कि बालिका हुन् । यसअघि एक बर्ष र १४ बर्षका दुई बालबालिकाको पनि संक्रमणवाट मृत्यु भएको थियो ।
त्यस्तै बेलायतमा कोरोना भाइरसका कारण ३७ वर्षीया जुम्ल्याहा दिदी बहिनी केटी डेविस र एमा डेविसको तीन दिनको फरकमा मृत्यु भएको छ ।
बालबालिकाको उपचारमा संलग्न नर्स केटीको मंगलबार र एमाको शुक्रबार साउथह्याप्टन अस्पतालमा मृत्यु भएको हो । दुबै जनाले संसारमा सँगसँगै आएकाले सँगै मर्न चाहेको बताउने गरेको उनकी दिदी जोइले बताएकी छिन ।
प्रतिक्रिया दिनुहोस