aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोनाबाट २ लाख बढिले ज्यान गुमाए, २९ लाख २० हजार संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ बैशाख २०७७
कोरोनाबाट २ लाख बढिले ज्यान गुमाए, २९ लाख २० हजार संक्रमित

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभर २ लाख बढि मानिसले ज्यान गुमाएका छन् । वल्डो मिटर डट इन्फोको अनुसार मृतक संख्या दुई लाख तीन हजार दुई सय ५५ पुगेको छ । विश्वभर कोरोना संक्रमितको संख्या भने २९ लाख २० हजार नाघेको छ ।

कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ५४ हजार २ सय ५६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ९ लाख ६० हजार नाघेको छ ।

त्यस्तै, इटलीमा २६ हजार ३ सय ८४, स्पेनमा २२ हजार ९ सय २, फ्रान्समा २२ हजार ६ सय १४ र बेलायतमा २० हजार ३ सय १९ जनाको मृत्यु भएको छ ।

बेलायती गृहमन्त्री प्रिती पटेलले मृतकको यो संख्या दुखदायी भएको बताएकी छन् । तर बेलायतमा मृतक संख्यामा घरमा र नर्सिङ होममा मृत्यु हुनेको संख्या जोडिएको छैन । त्यसैले मृतक संख्या अझ बढी हुने अनुमान गरिएको छ ।

फ्रान्समा मृतकको कुल संख्यामा केयर होममा मृत्यु हुनेको संख्या पनि जोडिएको छ । त्यहाँ मृतक संख्या अघिल्लो दिनको तुलनामा शनिबार ३ सय ६९ जनाले बढेको छ ।

प्रतिक्रिया दिनुहोस