aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोनाका कारण बेलायतमा ३३ नेपालीको ज्यान गयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ बैशाख २०७७
कोरोनाका कारण बेलायतमा ३३ नेपालीको ज्यान गयो

लन्डन । कोरोनाका कारण बेलायतमा ३३ नेपालीको ज्यान गएको छ । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने गैर आवासीय नेपालीहरुको संख्या ३३ पुगेको लण्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ । 

बेलायतमा ४० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने २२ जना उपचारपछि घर फर्किसकेको नेपाली दूतावास लन्डनले जनाएको छ । मृत्यु हुनेहरुमा करिब दुई दर्जनजति भूपू गोर्खाहरु रहेका छन् भने कोरोनाको संक्रमणबाट मृत्यु हुनेमा तीनजना महिलाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस