
विरगन्ज । वीरगन्जमा लगातार ३ पटक गरिएको र्यापिड टेस्टमा पोजिटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आइतबार बिहान मृत्यु भएको हो।
युवती ब्लड क्यान्सरले ग्रसीत रहेको बताइएको छ । चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराइरहेकी ती युवती एक महिनाअघि मात्र घर फर्किएकी थिइन् । घर बसिरहेकी उनलाई एक्कासी स्वास्थ्यामा समस्या देखिएपछि हस्पिटल लगिएको थियो ।
ती युवतीको शव अहिले नारायणी अस्पतालमा राखिएको छ भने मृत्युको कारण यकिन गर्न स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशाला पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस