aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ बैशाख २०७७
थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जमा थप दुई जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा विरगन्जको पर्साका ५० वर्षिया दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

संक्रमित दुबै जनालाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ जसमा १६ जना निको भएका छन्।

Image may contain: text

 

प्रतिक्रिया दिनुहोस