aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

लकडाउन अब २५ गतेसम्म

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ बैशाख २०७७
लकडाउन अब २५ गतेसम्म

काठमाडौं ।  लकडाउनलाई  बैशाख २५  गतेसम्म लम्ब्याउने आज बसेको मन्त्रिपरिषदले निर्णय गरेको छ । गत चैत ११ गतेदेखि शुरु भएको लकडाउन यसभन्दा पहिला २ पटक गरि यहि १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो ।

कोरोनाभाइरस संक्रमणको जोखिम कायमै रहेकाले निकर्ष कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले  १० दिन लकडाउन बढाएर सुझाव दिएको थियो । 

यसैगरी त्यसपछि पुनः वैशाख ३ गतेसम्म बढाएकोमा त्यसपछि पनि सरकारले वैशाख १६ गते र अब २५ गतेसम्मको लकडाउनको अवधि ४५ दिन हुनेभएको छ । आज झापाको बाह्रदशी गाउपालिकामा थप एक जनामा कोरोना भाइरस पोजेटिभ देखिसँगै  संक्रमितको संख्या ५२ जनामा पुष्टि भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस