aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोनाबाट अमेरिकामा ५५ हजार बढिको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ बैशाख २०७७
कोरोनाबाट अमेरिकामा ५५ हजार बढिको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार नाघेको छ । विश्वका २१३ देशमा फैलिएको करोना संक्रमणका सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार ९१० पुगेको छ । 

तथ्यांक अनुसार सबैभन्दा धेरै अमेरिकामा ५५ हजार ४११ जनाको कोरोनाका कारण ज्यान गएको छ । इटलीमा २६ हजार ६४४, स्पेनमा २३ हजार १९०, फ्रान्समा २२ हजार ८५६ तथा बेलायतमा २० हजार ७३२ कोरोना संक्रमितको मृत्यु भएको छ । 

हाल विश्वभर १९ लाख ८७ हजार भन्दौ धेरै कोरोना संक्रमितको उपचार भइरहेको छ भने यसमध्ये ५७ हजार ६०० को अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस