aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सबैभन्दा धेरै कोरोना संक्रमित देखिएको प्रदेश १ सुरक्षा कोषमा २८ करोड जम्मा गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ बैशाख २०७७
सबैभन्दा धेरै कोरोना संक्रमित देखिएको प्रदेश १ सुरक्षा कोषमा २८ करोड जम्मा गर्यो

विराटनगर ।  प्रदेश १ मा छ हजार हाराहारीमा कोरोना परीक्षण भएको छ । सोमबारसमम पाँच हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित कोरोना सूचना डेस्कले जनाएको छ । द्रूत परीक्षण विधि (आरडिटी) बाट प्रदेश १ मा कुल ४ हजार ८ सय २८ जनामा कोरोना परीक्षण भएको छ । ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि(पिसिआर) बाट ९ सय ८१ जनाको नमूना परीक्षण भएको छ । प्रदेश १ मा ३१ जनालाई कोरोना संक्रमण देखिएको छ ।  

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबारसम्म कूल २ हजार ९२ जना पुगेको छ । प्रदेश सरकारले खडा गरेको कोरोना जनसुरक्षा कोषमा  २८ करोड ८२ लाख ९७ हजार ५४ रुपैयाँ जम्मा भएको छ । 

प्रतिक्रिया दिनुहोस