aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

लकडाउन उल्लघंन गर्ने १३२७ जना नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ बैशाख २०७७
लकडाउन उल्लघंन गर्ने १३२७ जना नियन्त्रणमा

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ३ सय ९७ महिला सहित  १३ सय २७  जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ०४स्०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी  ३ सय ८ वटा दुई पाङ्ग्रे र ३२ वटा चारपाङग्रे गरी ३ सय ४० वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौमा सबै भन्दा बढी ९ सय ९३, ललितपुरमा २ सय ७४ र भक्तपुरमा ६० जनालाई नियन्त्रणमा लिएको छ ।

 कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।  

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उहाँले आग्रह गरे । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा ९२ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस