
नेपामा ठूला लगानीका पर्यटन उद्योग स्थापना गर्न र पर्यटन क्षेत्रको पूर्वाधार बलियो बनाउन सरकार कमजोर भएको छ । ठूला पर्यटन पूर्वाधामा विदेशी लगानी आकर्षण गर्न नक्सदा साना होटल रेस्टुाराँमै विदेशी लगानी सिमित भएका छन् । उद्योग विभागका अनुसार हालसम्म पर्यटमा आएको विदेशी लगानीमध्ये अधिकांश होटल रेस्टुँरामा छन् ।
सरकारले भर्खरै सम्पन्न गरेको लगानी सम्मेलनको तथ्यांकलाई हेर्ने हो भने पनि कूल ३४ खर्ब ६८ अर्बका योजनामा विदेशी लगानी खोजेको छ । यस मध्ये पर्यटनले खोजेले विदेशी लगानीको योजना जम्मा ७२ अर्ब रुपैयाँका मात्रै हुन् । यो रकम भनेको लगानी सम्मेलनमा सरकारले सोकेस गरेको कुल योजना रकमको जम्मा २ प्रतिशत मात्रै हो । यी ३४ खर्बका विदेशी योजनाबाट अब कति आउला पर्यटनमा लगानी त्यो भने हेर्न बाँकी छ ।
यसमा पनि नेपालको विकासको मुहार फेर्न सक्ने र दीर्घकालिन उपलब्धि हुन सक्ने योजनाको रूपमा अगाडि सारिएको ठूला पूर्वाधार मात्रै हो । यस्तो ठूला पूर्वाधार मध्येको सरकारले विदेशी लगानी खोजेको क्षेत्र हो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल । यो विमानस्थल बन्न सकेको खण्डमा नेपालको पर्यटनले विश्व बजारलाई चुनौति दिने गरी पर्यटकीय लाभ लिन सक्ने बुझाई छ ।
यो आयोजना सरकारले वर्षोदेखि छनोट गरेर राखेको छ तर लगानी जुटाउन नसकेका कारण योजनालाई कागजमा सिमित मात्रै पारेको छ । बार्षिक रूपमा बजेट त विनियोजन गर्छ । तर अपेक्षा अनुसार त्यसको खर्च हुँदैन् । भएको बजेट खर्च गर्न नसक्ने समस्या अर्को चुनौति पनि हो ।
पर्यटनमा वार्षिक जम्मा २ अर्बको मात्रै लगानी
उद्योगमा विभागका अनुसार पर्यटमा गत आवमा जम्मा २ अर्बको मात्रै विदशे लगाी आएका छन् । पर्यटनका ठूला पूर्वाधार, पाँचतारे होटल, विमानस्थल, हिमाली क्षेत्र, पर्यटनका सम्भावना देखिएका धेरैवटा गन्तव्यमा पर्यटक आकर्षण गर्न सकिएको छैन । उद्योग विभागमा पर्यटन उद्योगको रूपमा दर्ता भएका कूल ६१ वटा कम्पनीमध्ये २६ वटामा मात्रै चिनियाँ लगानीकर्ता रहेका छन् ।
६१ वटा दर्ता भएका होटल तथा रेष्टुरेन्टको क्षेत्रमा ३७ वटामा सबै लगानी विदेशी रहेको छ भने १० वटामा विदेशी र स्वदेशी लगानी रहेको छ । विदेशी र स्वदेशी दुवैको संयुक्त लगानी भएको १० वटा होटलमा स्वदेशीहरुको सेयर भने निकै कम छ ।
विदेशी लगानी रहेको ४७ वटा होटल तथा रेष्टुरेन्टमा जम्माजम्मी दुई अर्ब ८९ करोड ९१ लाख रुपैयाँ लगानीको प्रस्ताव गरिएको छ । साना, मझौला र ठूला सबै उद्योगको रूपमा दर्ता भएका होटल तथा रेष्टुरेन्टमा ५० लाख रुपैयाँदेख करिव दुई अर्बसम्म लगानीको प्रतिवद्धता जनाइएको छ ।
यस्ता पर्यटन उद्योग काठमाडौं, ललितपुर, काभ्रे नुवाकोट, नवलपरासी, बाँके, झापा लगायतका जिल्लामा विदेशीले होटल तथा रेष्टुरेन्टमा लगानी गर्ने जनाएका छन् । विभागको तथ्यांक अनुसार यी सबै होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएपछि करिव एकहजार आठ सय सात जनाले प्रत्यक्ष रोजगारी पाउने छन् ।
‘पर्यटनमा लागनी बढ्नु सबैको लागि उत्साहजनक कुरा हो,’ होटल एशोसियसन नेपाल (हान)का महासचिव विनायक शाहले भने, ‘पर्यटनको विकास हुनु भनेकै देशको विकास हुनु पनि हो ।’ ठूला लगानी नभित्रनुमा भने सरकारी सहजता नै प्रमुख हो । सरकारले सहजीकरण गर्नुपर्यो । पर्यटनमा लगानी गर्ने उद्योगको लागी पूर्वाधार पुर्याउनुपर्छ । पर्यटकीय गन्तव्यमा होटल तथा अन्य ठूला पूर्वाकारको लागि त्यही रुपमा सहजीकरण गर्न नसकेको छ ।
हालसम्म सरकारले हल्ला गरेको र विदेशी लगानी भित्र्याउने भनिएका विमानस्थल, वायुसेवा कम्पनी, ठूला होटल, साहसिक पर्यटन उद्योग छन् । तर हालसम्म पर्यटन क्षेत्र अन्तर्गका होटल रेस्टुराबाहेक अन्यमा विदेशी लगानी छैन ।
विकासको मेरुदण्ड मानिएको पर्यटन क्षेत्र आर्थिक विकासको मूल खम्बा पनि हो । आर्थिक क्षेत्रको विकासमा पर्यटनको भूमिका उल्लेख्य रहेको भन्ने गरिन्छ । तर, कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को हिस्सा हेर्ने हो भने पर्यटनको योगदान निकै कम छ ।
तथ्यांकमा निजीदेखी विदेशीसम्म फरक फरक
त्यसो त व्यवसायिले भन्ने गरेको पर्यटन क्षेत्रको राष्ट्रिय आयमा यसको योगदान करिब २० प्रतिशत छ । संयुक्त राष्टसंघको विश्व पर्यटन संगठन (युएनडब्लुटीओ)को तथ्यांकले भने व्यवासायीले भनेभन्दा कम र सरकारी तथ्यांक भन्दा दोब्बर बढी योगदान पर्यटन क्षेत्रले गरेको उल्लेख छ ।
नेपालमा आएको हालसम्मको विदेशी लगानीको प्रतिवद्धता तथ्यांक एक खर्ब रुपैयाँको छ । तर, यसको तुलनामा पर्यटनमा हालसम्म भएको विदेशी लगानी पनि अन्य क्षेत्रको तुलनामा निकै कम छ । बार्षिक रूपमा पर्यटन क्षेत्रले गर्ने आम्दानी भने जम्मा ६८ अर्ब रुपैयाँ मात्रै पुगेका छ ।
यो तथ्यांक औपचारिक च्यानलबाट आएको मात्रै हो । अनौपचारिक क्षेत्रबाट भएको लगानी र खर्च तथा पर्यटनको योगदान हेर्ने हो भने बार्षिक खर्ब भन्दा बढी पर्यटनको योगदान रहको दाबी हुने गर्छ ।
व्यवासायीको तर्क अनुसार नेपालमा सबैभन्दा बढी खर्च गर्ने पर्यटक भनेको पर्वतारोहण र पदयात्रासहितको साहिसक पर्यटनमा हो । यस्ता पर्यटनमा भएको खर्च ग्रामीण भेगसम्म पुग्छ । ग्रामीण भेगले गर्ने योगदान तथ्यांकमा आउँदैन् । अन्य पर्यटकीय गतिविधिको पनि धेरै पाटोसँग जोडिने खर्च र यसको योगदान हुन्छ ।
ती सबै औपचारिक च्यानलमा नदेखिएको हो । नेपालमा एक जना विदेशी पर्यटक आउँदा प्रत्यक्ष रूपमा एकदुई जनाले रोजगार पाएको देखिने गरेको भएपनि यसले अप्रत्यक्ष रूपमा भने नौ जनासम्मलाई रोजगारी दिने गरेको पर्यटन मन्त्रालको भनाइ छ ।
सरकारले खर्च गर्ने पर्यटन क्षेत्रको बजेट हेर्ने हो भने सरकार र योसँग सम्बन्धित निकायसहितको बजेट बार्षिक ५० अर्ब भन्दा बढी छैन् । पछिल्लो समय सरकारी तथा निजी क्षेत्रले गर्न थालेको लगानी र पूर्वाधार निर्माणको घोषणाको तथ्यांकलाई दाँज्ने हो भने सकारात्मक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस