
काठमाडौं । थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित दुवै जना भारतबाट आएर रौताहटको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर परिक्षण गर्दा पोजेटिभ पाइएपछि पुनः परिक्षणको लागि टेकु पठाइएको थियो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ भने १६ जना निको भएर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस