aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

क्वारेन्टाइनमै सुत्केरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ बैशाख २०७७
क्वारेन्टाइनमै सुत्केरी

सुर्खेत । पश्चिम सुर्खेतमा क्वारेन्टाइन बसेका एक महिला सुत्केरी भएकी छन् । पञ्चपुरी नगरपालिकाले विद्यापुर क्याम्पसमा सञ्चालन गरेको क्वारेन्टाइनमा रहेकी कमला नेपाली मङ्गलबार बिहान छोरा जन्माइन ।
 
नगरप्रमुख उपेन्द्रबहादुर थापाले कमलालाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्यचौकी लगिएको बताए । आमा र शिशु दुवैको अवस्था सामान्य रहेको स्वास्थ्य चौकीले जनाएको छ । नगरप्रमुख थापाका अनुसार सुत्केरी भएपछि उनलाई होम क्वारेन्टाइनमै राखिने गरी पठाइनेछ । पञ्चपुरी–६ छाप्रेकी कमला चितवनबाट वीरेन्द्रनगर हुँदै आइतबार श्रीमानसँगै विद्यापुर पुगेका थिए । 

प्रतिक्रिया दिनुहोस