aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

महामारीको कहरः जहा क्रेनले शव चिहानसम्म पुर्याइन्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ बैशाख २०७७
महामारीको कहरः जहा क्रेनले शव चिहानसम्म पुर्याइन्छ

एजेन्सी । अमेरिका, इटाली, फ्रान्स, स्पेन, बेलायत वा ईरान सबै देशमा मृतको भाग्य र मृत्युको कथा उस्तै छ । चिहान भित्र एउटा कफिन छ। जमिनमा गाड्नको लागि कम हुँदैछन। यदि त्यहाँ एम्बुलेन्सबाट लाशहरू आउँदैछन । ती देशमा मृत्यु भएका लास क्रेनले आर्याघाटमा पुर्याइन्छ । कतै चिहान बनाउनका लागि मेशिनहरू प्रयोग भइरहेको छन् । 

अन्त्येष्टिको लागि कुर्दै मृत शरीरहरू 

फ्रान्सको राजधानी पेरिसको एउटा नर्सिग होममा बाहिरबाट सबै शान्त  देखिन्छ । तर, जति जति नर्सिग होम भित्र गइन्छ त्यति त्यति नै अत्यासलाग्दो दृष्य देख्न पाइन्छ । भुइभरी लडेका लाशहरूले मानिसको मुटु नै त्यहि भक्कानिएर आउछ । कसैको लास ओछ्यानमा छन । कोही भुईंमा लडेरेहका छन । लगभग दुई महिना यस पेरिसियन नर्सिग होममा हजारौंं कोरोना भाइरसका बिरामीहरूको उपचार भइरहेको छ । अहिलेसम्म २३ हजार ६६० कोरोना पोजिटिभहरू पेरिसभारी मृत्यु भइसकेको छ । 

यहा मरेकाहरू अझै यहाँ आफ्ना अन्तिम संस्कारहरूको लागि पर्खिरहेका छन्। किनभने पेरिसको चिहानमा थप मानिस गाड्ने ठाउँहरू कम हुँदै गइरहेका छन्। नयाँ शवहरू गाड्नको लागि प्रबन्ध गर्न समय लागि रहेको  छ । त्यहि भएर फ्रान्सका अस्तालहरुमा जो कोहिलाई प्रवेश निषेध छ । तर यहाँ मेडिकल स्टाफले मान्छेको ज्यान बचाउनलाई कुनै विकल्प पनि छैन । 

इटलीमा जमिन छैन चिहानका लागि 

कोरोना संकटग्रस्त देशहरूको बजार लकडाउनका कारण ध्वस्त छन । कसैको आउजाउ छैन तर, आर्याघाटहरुमा मानिसहरुको भिडभाड अmभै बढिरहेको छ । इटालीमा कोरोनाका कारण मानिसहरूले अन्तिम संस्कारको लागि पनि आर्याघाटमा लामो लाइन बस्नु पर्ने छ । मर्नेहरूको संख्या दिन प्रतिदिन बढ्दैछ त्यसैले अन्तिम संस्कारका लागि सबै रितिरिवाजहरु नष्ट पारिएका छन । यहा स्पष्ट छ कि  धेरै धार्मिक विधिहरु अपनाउदा लाशहरु गाड्न गाह्रो छ ।  तसर्थ, चर्चमा अन्तिम कार्य ९० जनासम्मको लाशहरूलाई सँगै राखेर धार्मिक विधि पुरा गरिने काम भइरहेको छ ।  पादरीहरू सँगै मिलेर नब्बे व्यक्तिको अन्तिम बिदाई गरिरहेका छन्। तिनीहरुले यस्तो कार्य दैनिक यसरी नै गरिरहेका छन् । 

स्पेनमा आफ्न्तले लास देख्न पनि पाउदैनन 
इटालीपछि, कोलोनाको कारण स्पेनमा ठूलो मानविय क्षति भइरहेको छ । मृत्यु हुनेहरूको संख्या २० हजारभन्दा बढी छ । त्यहा संक्रमितको संख्या २ लाख ३२ हजारभन्दा बढी छ । त्यसकारण, मृतकको शरीरहरूबाट भाइरस फैलाउने खतरालाई ध्यानमा राख्दै अन्त्येष्टिका लागि मलामीको काम पनि शव वहानको गाडीहरुका माध्यमबाट भइरहेको छन ।  गाडीमा अस्पतालबाट एउटा कफिन एउटा गाडीमा राखिन्छ र त्यसपछि चर्चमा लगिन्छ । चर्चका पादरीहरू बाहिर आउँछन् र अन्तिम संस्कारको विधि कफिन भित्रै भएको शवलाई अन्तिम विदाई संस्कार पुरा गर्दछन्। उक्त अन्तिम विदाईको सस्कारमा केवल पाँच व्यक्तिहरूलाई त्यहाँ बस्न अनुमति दिइन्छ । 

इरानले मृतकहरूलाई गाड्न नयाँ जमिन व्यबस्था  

ईरानबाट उपग्रहहरुले लिएका तस्वीर कोरोनाको विनाशको तस्विर देख्न सकिन्छ । उपग्रहले इरानको कुम शहरबाट लिइएको तस्विर हो जहा चिहानका लागि स्थान नै छ्रैन । यसको क्षेत्र १०० एकड जमिन चिहानका लागि छुट्याइएको छ ।  त्यसैले अनुमान लगाउनुहोस् इरानमा मरेका मानिसहरूको संख्या कति र कहित छिटो मृतकको संख्या बढेको होला ।  उनीहरूलाई मृतकको शव व्यबस्थापन गर्नका लागि नयाँ जमिन खोज्न परेको थियो । इरानमा पनि कोरोनाबाट मर्नेको संख्या ६ हजारको नजिक  जति पुगेको छ ।  त्यसकारण धेरै शवहरूको व्यबस्थापन  सामूहिक रूपमा पुरिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस