aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

काठमाडौंमा भेटिए अर्का कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ बैशाख २०७७
काठमाडौंमा भेटिए अर्का कोरोना संक्रमित

काठमाडौं । काठमाडौंमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । कागेश्वरी मनहरा नगपालिका वडा नं ७ का २१ वर्षिया युवकमा कोरोना भाइरसको संक्रमण देखिएको हो । 

कागेश्वरी मनहरा नगपालिकाका मेयर कृष्णहरि थापाका अनुसार संक्रमित युवकको र्यापिड परिक्षणमा पोजेटिभ देखिएको हो । चैत्र ७ गते दुबइबाट नेपाल फर्किएका उनको र्यापिड टेष्ट गर्दा मंगलबार पोटेटिभ देखिएपछि थप परिक्षणको लागि स्वाब नमुना टेकु पठाइएको उनले बताए । 

स्मरण रहोस्, त्यहि ठाउँमा रहेको सनसिटि अपार्टमेन्टमा पनि केहि साता अघि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु अहिले निको भएर घर फर्किसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस