
दिव्यश्वरी हाईड्रोपावर कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा २ करोड ६ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा पनि १ करोड ९९ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
२६ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा ११ करोड ८८ लाख रुपैयाँ नेगेटिभमा राखिएको छ । कम्पनिको बिक्री तर्फ ६ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
दिव्यश्वरी हाईड्रोपावरको सम्पत्ति ९० करोड १९ लाख रुपैयाँ रहेको छ । जसले सम्पत्ति पनि घटाएको छ ।
दिव्यश्वरी हाईड्रोपावरको प्रतिशेयर आम्दानी वार्षिक ३१ दशमलव २५ रुपैयाँ नेगेटिभमा रहेको छ भने मुल्य आम्दानीको अनुपात २ दशमलव ६६ गुणा नेगेटिभमा रहेको छ । जसको प्रतिशेयर नेटवर्थ ५५ रुपैयाँ र तरलता अनुपात शुन्य दशमलव २२ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस