
काठमाडौं । थप तीन जनामा कोरोना संक्रमण भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा विरगन्जका एक जना र बाराका दुई जनामा कोरोना संक्रमण पाइएको हो ।
विरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले आफूले समेत संक्रमण पुष्टि भएकोबारे जानकारी प्राप्त गरेको बताए । उनका अनुसार संक्रमित तीनै जना चैत ८ गते नयाँ दिल्लीबाट नेपाल आएका हुन् ।
मुस्लिम समुदायका उनीहरु ५० वर्ष भन्दा कम उमेरका रहेको मेयर सरावगीले जनाए । उनीहरुलाई तीन अघि मात्र क्वारेन्टाइनमा लगिएको थियो । संक्रमित मध्ये दुई जनामा मधुमेह र उच्चरक्तचापको समस्या रहेको उनले जानकारी दिए । उनीहरुलाई नारायणी अस्पताल लैजाने तयारी भइरहेको छ।
स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गरेको छैन ।
प्रतिक्रिया दिनुहोस