aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भारतमा ३१ हजारभन्दा बढी कोरोना संक्रमित, मृतकको संख्या हजार नाघ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ बैशाख २०७७
भारतमा ३१ हजारभन्दा बढी कोरोना संक्रमित, मृतकको संख्या हजार नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरसबाट ३१ हजार ७८७ जना संक्रमित भइसकेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । पछिल्लो पटक कोरोना संक्रमित ७३ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोना संक्रमितमध्ये एक हजार ८ जनाको मृत्यु भएको छ । 

भारतमा देखिएका कोरोना पीडितमध्ये ७ हजार ६९५ जना निको भएर घर फर्किएका छन् भने हाल २२ हजार ६२९ जना उपचारका क्रममा छन् । मन्त्रालयका अनुसार भारतको महाराष्ट्र राज्यमा कोविड–१९ बाट सर्वाधिक ९ हजार ३१८ जना संक्रमित भएका छन् जसमध्ये १ हजार ३८८ जना निको भएका छन् । महाराष्ट्रमा मात्र ४०० जनाको मृत्यु भएको छ । 

दोस्रो बढी संक्रमित भेटिएको गुजरातमा तीन हजार ७४४ जनामा संक्रमण देखिएको छ । यहाँ १८१ जनाको मृत्यु भएको छ । दिल्लीमा भने तीन हजार  ३१४ जना संक्रमित भएकामा ५४ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा दुई हजार ३८७ जना, गोवामा ७ जना, अरुणाचलमा १ जना, मणिपुरमा २ जना, त्रिपुरामा २ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस