aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भारतको अर्को कम्पनीले कोरोनाको खोप बनाउने घोषणा गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ बैशाख २०७७
भारतको अर्को कम्पनीले कोरोनाको खोप बनाउने घोषणा गर्यो

एजेन्सी । भारतको पुनामा रहेको एक औषधि उत्पादक कम्पनीले कोरोना भाइरसको खोप तयार गर्ने घोषणा गरेको छ । पुनामा रहेको सिरम इस्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आदार सि पूनावालाका अनुसार कम्पनीले उत्पादन गरेको औषधि परीक्षण सफल भयो भने यो खोप यस वर्षको सेप्टेम्बर वा अक्टोबरसम्ममा बजारमा आउने दावी गरेका छन् र उक्त खोपको मुल्य एक हजार रुपैयाँ भारुमा उपलब्ध हुन सक्ने बताएका छन् ।

पूनावालाले भारतबाट प्रकाशन हुने विजनेश टुडेलाई दिएको अन्तर्वार्तामा उनले भने कोरोनाको खोप उत्पादनमा जोखिम लिदै खोपको एडभान्स परिक्ष्ण अघि नै उक्त औषधि उत्पादन गर्ने प्रयास गर्दैछौं र यो तयार हुँदासम्म प्रति खोप एक हजार रुपैयाँ भारु लाग्ने अनुमान छ ।

यसको उत्पादन अर्को महिनाको अन्त्यबाट सुरु हुन सक्ने उनले बताए । उनले भने, 'यो खोपको क्लिनिकल परीक्षणहरू बेलायतको युकेमा घोषणा भइसकेका छन् तर हामीले उत्पादनको तयारी भने गरेका छौं। यदि परीक्षण सफल भयो भने हामी यस वर्ष सेप्टेम्बर वा अक्टोबरमा भ्याक्सिनको पहिलो लट तयार गर्नेछौं। हामीले अग्रिम उत्पादन शुरू गर्ने निर्णय गरेका छौं ताकि परीक्षण सफल भएपछि तुरून्त प्रयाप्त उपलब्ध गराउन सकियोस । हामी मे महिनामा मानव परीक्षण पनि गर्नेछौं।'

इस्टिच्युट १९६६ स्थापित भएको कम्पनी हो। यो विश्वको सबैभन्दा ठूलो खोप निर्माता कम्पनी हो । इस्टिच्युटले प्रति वर्ष १.५ अर्ब डोज खोप उत्पादन गर्दछ र विश्वका ६५ प्रतिशत बच्चाहरूलाई यस कम्पनीले खोप लगाउने गरेका छन । कोरोना भाइरसको खोप बनाउन सीरम बाहेक, कोडेजेनिक्स बेलायतको अक्सफोर्ड युनिभर्सिटी र अमेरिकाको बायोटेक कम्पनीको खोप बनाउन पनि व्यस्त छन् । 

प्रतिक्रिया दिनुहोस