
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संञ्चालन गरेको कोभिड १९ राहत कोषलाई जापानका सफल एबम युवा ब्यवसायी केशब अधिकारीले ७ लाख सहयोग गरेका छन ।
कोरोनाको महामारीको चपेटामा परेका विदेशमा रहेका नेपालीको सहयोग गर्न एनआरएनएले संञ्चालन गरेको कोषमा जापानबाट अधिकारीले ७ लाख रूपैया सहयोग गरेका हुन् ।
अधिकारीले कोरोना संक्रमणबाट पीडित नेपालीको सहयोगका लागि संघका सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह समेत गरेका छन्। उनले आफुले बिदेशमा रहेका कुनै नेपालि समस्यामा नपरुन भनेर खुल्ला मनले उक्त सहयोग गरेको बताए ।
प्रतिक्रिया दिनुहोस