aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोना संक्रमित निको हुनेको संख्या १० लाख नाघ्यो, कुन देशमा कति निको भए ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ बैशाख २०७७
कोरोना संक्रमित निको हुनेको संख्या १० लाख नाघ्यो, कुन देशमा कति निको भए ?

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका संक्रमित १० लाखभन्दा बढी निको भएका छन् । वल्डो मिटर डट इन्फोका अनुसार संक्रमित ३२ लाख २० हजार ९ सय ७० जना मध्ये १० लाख १ हजार ९ सय ३३ जना निको भएका हुन्।

हालसम्म अमेरिकामा १ लाख ४७ हजार ४११ जना निको भएका छन् भने स्पेनमा १ लाख ३२ हजार ९ सय २९ जना निको भएका छन् ।

त्यस्तै, इटालीमा ७१ हजार २५२ जना निको भएका छन् भने फ्रान्समा ९४ हजार, जर्मनमा १ लाख २० हजार, इरानमा ७३ हजार, चीनमा ७७ हजार, ब्राजिलमा ३४ हजार, क्यानडामा २० हजार, स्विजरल्याण्डमा २२ हजार संक्रमित निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस