aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
विपदको साथी

'डिजिटल प्रविधि चलाउन स्मार्ट फोन नभएपनि हुन्छ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ बैशाख २०७७
'डिजिटल प्रविधि चलाउन स्मार्ट फोन नभएपनि हुन्छ'
खुसल रेग्मी, प्रमुख कार्यकारी अधिकृत, प्रभु टेक्नोलोजी प्रालि

काठमाडौं । कोभिड–१९ का कारण विश्व नै बन्दाबन्दी भएको यो बेलामा दैनिक व्यवहार सञ्चालन गर्न कठिन भइरहेको छ । अझ नेपालमा प्रर्याप्त प्रविधिको विकास नभइसकेको हुनाले दैनिक जीवनका लागि आवश्यक पर्ने सामग्री खरिद गर्न, फोनको बिल, विजुलीको बिललगाएतमा भुक्तानी गर्न कठिन भइरहेको बेलामा प्रभु पेले सामान्य फोनबाट समेत यी सेवा सञ्चालन गर्न सुविधा ल्याएको छ ।

करिब ३३ प्रतिशत मानिसमा अझै पनि सामान्य भन्दा सामान्य फोन बोक्ने जनसंख्या रहेकाले भुक्तानीका प्रणाली सबै जनतासम्म पुर्याउन सम्भव नदिएकाले प्रभु पेले सबै जनतामा डिजिटल भुक्तानी प्रणाली पुर्याउन नयाँ प्रविधि प्रयोग गरेको ‘प्रभु पे’का प्रमुख कार्यकारी अधिकृत (सीइओ) खुसल रेग्मीले बताए ।

आर्थिकन्युुजसँगको कुराकानीमा उनले भने, नेपालमा डिजिटल प्रविधिमा निजी क्षेत्रका कम्पनीहरूले काम गर्न थालेको लामो सयम भएको छैन । प्रविधि विकासका लागि पूर्वाधार पनि चाहिन्छ । हामी कहाँ भर्खरै पूर्वाधार बन्दै छ । प्रभु पे बजारमा आएको पनि लामो समय भएको छैन । यसमा हामीले अन्य डिजिटल प्रविधि सञ्चालकहरूले भन्दा कसरी फरक सेवा दिन सकिन्छ भनेर सोच्दै छौं ।’

प्रभु पेबाट अब सामान्य फोनबाट *३१०४१# मा डायल गरेपछि रेमिट्यान्स प्राप्त गर्नेदेखि टेलिभिजनको विल, टेलिफोनको विल, फोन रिचार्ज र विजुलीको शुल्क तिर्न सकिने सेवा रहेको सीईओ रेग्मी जानकारी दिए । ‘सामान्य परिवारसँग स्मार्ट फोन नहुने भएकाले उनीहरूको दैनिकी पनि सहज बनाउनका लागि यो सेवा ल्याएका हौं,’ उनी भन्छन् ‘नेपालमा डिजिटल भुक्तानी प्रणालीका अन्य सेवाहरूमध्य यस्तो सेवा प्रभु पेसँग मात्रै रहेको छ ।’

प्रभु पेले दूरसञ्चार सेवा सञ्चालक  एनसेलसँगको सहकार्यमा यो सेवा सञ्चालन गरेको हो । प्रभु पेको भुक्तानी प्रणाली सञ्चालनका लागि इन्टरेनट र स्मार्ट फोन आवश्यक पर्दैन, सामान्य फोनको नेटवर्क मात्र भए पुग्छ ।

विश्वभरी नै महामारीका रुपमा फैलिएको कोरोना भाइरसको हुन सक्ने जोखिम न्यूतीकरण गर्न सबैलाई घरमा नै बस्न भनेपछि सबैको दैनिक गतिविधिमा असर परेको छ । यस्तै बेलामा घरमै बसेर आफ्ना आवश्यकताहरू पुरा गुर्नपर्ने अवस्था आएको छ । नेपालमा अझै पनि डिजिटल प्रविधिबाट सामान खरिद गर्नेको संख्या अत्यन्त कम छ । यद्यपि फोन, इन्टरनेट र टेलिभिजनको बिल तिर्नको संख्या भने यो बेलामा बढेको उनले जानकारी दिए ।

सरकारले बिजुली तथा अन्य सरकारी निकायहरूको बिल तिर्ने समय बढाएका कारण डिजिटल प्रविधिबाट ठूलो मात्राको कारोबार नभएपनि डिजिटल प्रविधिको प्रयोग गर्नेको संख्यामा भने सामान्य दिनभन्दा ३० देखि ४० प्रतिशतसम्म वृद्धि भएको सीईओ रेग्मीले बताए ।

त्यस्तै, प्रभु पेबाट रेमिट्यान्स प्राप्त गर्न समेत मिल्ने सुविधा भएकाले प्रभु मनि ट्रान्सफरबाट आएको रकम लिनको संख्या सामान्य दिनकोभन्दा बढेको बताए ।  लकडाउनका कारण ग्राहकलाई जुनसुकै बेला सेवा दिन प्रभु पे तयार रहेको छ । ग्राहकलाई सेवा दिनका लागि अहिले विहान वा बेलुका भन्न पर्ने बेला नभएको र ग्राहकको आवश्यकता अनुसार कुनै पनि बेला सेवा दिन यो विषम परिस्थितिले तयार गरेको उनले बताए । 

 

प्रतिक्रिया दिनुहोस