aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

प्रदेश १ मा ५ हजार ८९ जनाको नमूना परीक्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ बैशाख २०७७
प्रदेश १ मा ५ हजार ८९ जनाको नमूना परीक्षण

विराटनगर । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) बाट ५ हजार ८९ जनाको नमूना परीक्षण भएको छ । यसरी परीक्षण गरिएकामध्ये ५ हजार ७६ जनाको रिर्पोट नेगेटिभ आएको छ । आरडीटी र पीआर दुबै विधिबाट विहीबारसम्म जम्मा ६ हजार ३ सय ७७ जनाको नमूना संकलन भई परीक्षणमा पठाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार ल्याबमा स्वाब लगेर गरिने परीक्षण( पिसिआर) बाट १ हजार २ सय ८८ जनामा कोरोना भए नभएको परीक्षण भएको छ । तीमध्ये एक हजार २ सय ५० जनाको रिर्पो नेगेटिभ आएको छ । ३१ जनाको रिर्पोट पोजेटिभ देखिएको छ । 

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या विहीबारसम्म कूल २ हजार ३ सय ३७ जना पुगेको छ । ३० जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३९ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ६ हजार १ सय ९९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस