aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

संक्रमितसँगको सम्पर्कमा आएका सबैको रिर्पोट नेगेटिभ आएपछि सिलबन्दी खोल्ने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ बैशाख २०७७
संक्रमितसँगको सम्पर्कमा आएका सबैको रिर्पोट नेगेटिभ आएपछि सिलबन्दी खोल्ने तयारी

झापा । झापाको बाह्रदशी गाउँपालिका-४ का ५० वर्षीयमा कोरोना भाइरस पोजेटिट देखिएका उनका सबै परिवारमा कोरोना नेगेटिभ आएको छ । ढेड महिना अघि भारतबाट आएका यी व्यक्तिलाई कोरोना संक्रमण देखिएछि संक्रमित व्यक्ति घुलमिल भएका ४ ५ र ३ नम्बर वडामा सिल गरिएको थियो । 

संक्रमित व्यक्ति भने विराटनगरको कोसी अस्पतालमा उपचाररत छन्। उनका परिवारका अनुसार संक्रमित भनिएका व्यक्तिको स्वास्थ्य सामान्य रहेको र भाइरस टेष्टमा नेगेटिभ रिर्पोट आइरहेको जनाएको छ । यसभन्दा पहिला पनि तीन पटकको परिक्षणमा मात्र उनमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । गत बैशाख १३ गते परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ आएपछि थप उपचारका लागि अस्पताल लगिएको थियो ।  

यता, संक्रमितसँग सम्पर्कमा आएका र गाउँपालिकामा परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएकाले सिलबन्दी शुक्रबारदेखि खोल्ने तयारी भइरहेको बताइएको छ । 


 

प्रतिक्रिया दिनुहोस