aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भियाग्राको ग्याँसले गर्न थालियो कोरोना सङ्क्रमितको उपचार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ बैशाख २०७७
भियाग्राको ग्याँसले गर्न थालियो कोरोना सङ्क्रमितको उपचार

एजेन्सी । कोरोनाको उपचारमा संलग्न अनुसन्धानकर्ताहरुले यौन उत्तेजना बढाउने औषधि भियाग्रामा प्रयोग हुने नाईट्रीक अक्साइडले सङ्क्रमितको उपचारमा सहयोग गर्ने भन्दै परीक्षण सुरु गरेका छन् । यो ग्याँस फोक्सोमा पुगेपछि त्यसले त्यहाँ रहेका रक्तनलीको आकार बढाउने र भाइरसको कारण श्वास प्रश्वासमा परेको समस्या समाधान गर्ने उनीहरूको विश्वास छ ।

यो रङ्गहीन, स्वादरहित र चाँडै काम गर्ने ग्यास हो । नब्बेको दशकमा विकास गरिएको यौन उत्तेजना बढाउने औषधि भियाग्राको निर्माणमा सबैभन्दा महत्त्वपूर्ण भूमिका रहेको रसायन हो यो । हालसम्म कोरोनाको कुनै औषधि नबनिसकेको अवस्थामा यसले कम्तीमा श्वास प्रश्वासलाई सहज पार्ने भन्दै बिरामीमा प्रयोग सुरु भएको हो ।

अमेरिकाको म्यासाचुसेट्स जेनरल अस्पतालमा यसको प्रयोगले बिरामीलाई लाभ पुग्ने अपेक्षा सहित काम भइरहेको सिएनबिसीले आफ्नो न्युज रिपोर्टमा उल्लेख गरेको छ ।

नाईट्रीक अक्साइड ग्याँस यसअघि समय नपुगी जन्मेका शिशुलाई सास फेर्न सहज बनाउन पनि प्रयोग गर्दै आइएको थियो । यो ग्याँस अक्सिजनको एउटा र नाइट्रोजनको एउटा अणु मिलेर बनेको हुन्छ । अहिले यसको प्रयोगसँग सम्बन्धित चार वटा परीक्षण भइरहेको त्यहाँका डाक्टरलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समाचार प्रकाशित गरेका छन् । 

प्रतिक्रिया दिनुहोस