aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

‘प्रत्येक परिवारको कम्तीमा एक जनामा कोरोना परीक्षण गर्नु’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ बैशाख २०७७
‘प्रत्येक परिवारको कम्तीमा एक जनामा कोरोना परीक्षण गर्नु’

काठमाडौं । प्रत्येक परिवारको कम्तीमा एक जनामा कोरोना संक्रमणको परीक्षण गर्न  राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले कोरोना रोकथामका लागि परीक्षणको दायरा विस्तार गरी हरेक परिवारसम्म पुग्न निर्देशन दिएको हो ।

समितिको निर्देशन छ, ‘कोभिड–१९ को परीक्षणको दायरा विस्तार गरी प्रत्येक परिवारबाट कम्तीमा एकजनाको नमूना छनौट गरी कोरोनाको परीक्षण गर्ने कार्ययोजना बनाइ लागू गर्नु ।’ स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल उपस्थित भएको बैठकमा समितिले सबै प्रदेश तथा स्थानीय तहमा आवश्यकता अनुसारको स्वास्थ्य सामग्री पुर्‍याउन, राहत वितरणलाई व्यवस्थित गर्न र स्वास्थ्य सम्बन्धी एकीकृत कानून बनाउन निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस