
काठमाडौं । थप एक जनाका कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयले प्रदेश नं २ ले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
संक्रमित पुरुष राहत वितरणका लागि वडा नम्बर ३ मा गठन गरिएको सर्वदलीय समितिका सदस्य पनि रहेको बताइएको छ ।संक्रमीतलाई आइतबार दिउँसो एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस